२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


अर्घाखाँचीमा दुई नक्कली प्रहरी पक्राउ


2.938k
Shares

काठमाडाैं । अर्घाखाँचीमा नक्ली प्रहरी बनेर मादक पदार्थ सेवन गरी डर त्रास देखाई तथा गाली गलाैज गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीका २० वर्षीय दिपक केसी रहेको रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले पक्राउ परेकाहरुले हामी सादा पाेसाकमा खटिएका प्रहरी हाैँ भन्दै स्थानीयलाई तर्साउँदै आएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे, उनीहरुले मादक पदार्थ सेवन गरी सन्धिखर्क नगरपालिका वडा नम्बर १ बसपार्क वरपरका होटल तथा पसलमा चेकजाँच गर्ने, स्थानीयवासीलाई डर त्रासमा पारी गाली गलाैज तथा अभद्र व्यवहार गर्ने गरेका थिए।’ उनीहरुलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताएको छ ।