
काठमाडौं । ईभी नेपाल मोटर्सले वुलिङका ईभी कार नेपाली बजारमा भित्र्याएको छ ।
लामो समयदेखि दुई पांगे्र सवारीको बिक्री वितरण गर्दै आएको ईभी नेपालले चार पांग्रे सवारीको बिक्री सुरु गरेको हो ।
यसका लागि कम्पनीले काठमाडौंको नक्सालमा नयाँ शोरुम समेत संचालनमा ल्याएको छ ।
वुलिङ मोटर्स अन्तर्गत्को पीटी एसजीएमडब्लू मोटर इन्डोनेसियाका लागि नेपालको आधिकारिक बिक्रेता ईभी नेपालले अमेरिकन जी मोटर्सको लगानी रहेको वुलिङ एयर ईभी कार नेपाली बजारमा ल्याएको हो ।
विभिन्न मोडल र रंगमा उपलब्ध यी गाडी आकर्षक एवं मूल्य प्रतिस्पर्धी रहेको कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्