वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधक : महानिर्देशक अधिकारी « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधक : महानिर्देशक अधिकारी


221
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधक भएको बताउनुभएको छ ।

बुधबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले सरकारको हवाई क्षेत्र विकासको प्रतिवद्धता र राष्ट्रिय हवाई नीति कमजोर भएको कारण हवाई क्षेत्रको विकास हुन नसकेको बताउनुभएको हो ।

उहाँले सरकारले नयाँ हवाई नीति बनाउँदा अहिले हवाई क्षेत्रमा देखिएका नयाँ चुनौति समस्यालाई समेत सम्बोधन हुनेगरी लेख्न आवश्यक रहेको बताउनुभयो । उहाँले हवाई नीतिमा एउटा पर्यटन क्षेत्रको लागि मात्रै हवाई उडानको विकास हुनुपर्छ भन्ने साघँुरो सोचबाट माथि उठेर नीति बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पूर्व नागरिक उड्डयन प्राधिकरणका पूर्वप्रमुख वा मन्त्रालयका जानकारले मात्रै नीति बनाएर काम नहुने भन्दै वृहत अर्थ बुझेका विज्ञहरुबाट हवाई नीति बन्नुपर्ने पर्ने बताउनुभयो ।

उहाँले हाम्रो देश वातावरणीय प्रभावलाई देखाएर विमानस्थलहरु बनाउन नसकिएको तर टर्कीले २५ लाख रुख काटेर विमानस्थल बनाएको बताउनुभयो । उहाँले अहिले त्यो विमानस्थलमा ९ करोड हवाई यात्रु उडान गरिरहेको बताउनुभयो ।