थपिए ९ जना कोरोना संक्रमित « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


थपिए ९ जना कोरोना संक्रमित


260
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८३ जनाको नमूना परीक्षण गरिएको थियो ।

८ सय ३ जनाको पीसीआर र ८ सय ८० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार १६ जना संक्रमणमुक्त भएका छन् भने देशभर ७२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।