थप १ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ७९ जना « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


थप १ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ७९ जना


676
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ सय २३ जनाको नमूना परीक्षण गरिएको थियो ।

३६० जनाको पीसीआर र ५६३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार १४ जना संक्रमणमुक्त भएका छन् भने देशभर ७९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।