२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


नारायणी नदी तटबन्धको काम सुरू


520
Shares

काठमाडौं । चितवनमा नारायणी नदी तटबन्धनको काम सरू भएको छ । हिउँद लागेसँगै नारायणी नदीको निर्माण गर्ने काम सुरू भएको हो ।

नारायणी नदी तटबन्धको लागि संघीय सरकार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयबाट झण्डै ५ अर्ब बजेट विनियोजन भई ४ वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ । ठेक्का सम्झौता भएको ४ वटा प्याकेजमा धमाधम काम सुरू भएसँगै यो कामले गति लिने विश्वास गरीएको छ ।

नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शंकर बुढाथोकीले रामघाटदेखि शिवघाट हुँदै काभ्रेघाटसम्म झण्डै ५ किलोमिटर १ अर्ब १५ करोडको ठेक्का सम्झौता भएको हो । दोस्रो प्याकेज अन्तर्गत गाजीपुरदेखि हिरापुरसम्म पाँच किलोमिटरका लागि ४८ करोडको ठेक्का सम्झौता भएको छ ।

तेस्रो रामघाटदेखि काभ्रेघाटसम्मको रु एक अर्ब १५ करोडमा ठेक्का सम्झौता भइसकेको छ । चौथो खण्ड रु २६ करोडमा ठेक्का सम्झौता भएको छ । यो बालुवादेखि गोलाघाटसम्मको ६ दशमलब ८ किलोमिटर तटबन्धको पनि सम्झौता भई कामको प्रक्रिया सुरू गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनको अनुगमन तथा निरीक्षणसमेत गर्नुभएको छ । तटबन्धनका लागि अहिले केही स्थानमा ठुला चट्टान झार्ने काम पनि भइरहेको छ ।