सुनको मूल्य एक लाख नजिक « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


सुनको मूल्य एक लाख नजिक


351
Shares

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले सोमबार पनि निरन्तरता पाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ४ सय रूपैयाँले बढेर ९९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने सोमबार १५ रूपैयाँले बढेर १ हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।