बाजुराकाे बुढीनन्दा नगरपालिकामा उपप्रमुख कोसेली कार्यक्रम सुरू « Imagekhabar – Online News Portal of Nepal
१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023


बाजुराकाे बुढीनन्दा नगरपालिकामा उपप्रमुख कोसेली कार्यक्रम सुरू


377
Shares

महेश कार्की

बाजुरा । बाजुराकाे बुढीनन्दा नगरपालिकाकाले आज आइतबार एक कार्यक्रमकाबीच उपप्रमुख कोशेली कार्यक्रम सुरू गरेको छ।

स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुने महिलालाई कोसेली स्वरूप एक क्रेट अन्डा, आयोडिन नून १ केजी, नुहाउने र कपडा धुने साबुन र ज्वानो वितरण गरिएको नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले बताउनुभएको हाे । सुत्केरी भएको बेला पोषणको आवश्यकता पर्ने भएकाे हुँदा कोसेली कार्यक्रमले राहत हुने उहाँले बताउनुभयाे ।

कुपोषणलाई न्यूनिकरण गर्ने र स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनेको संख्या बढाउने उदेश्यले साेही कार्यक्रम सुरू गरिएको बुढीनन्दा नगरपालिकाले जनाएकाे छ ।