
फाइल तस्वीर
काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–४ का भरतराम कोली रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
हत्या आरोप लागेका कोली घटनापछि फरार रहेका थिए । मृतक किशोरीका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए ।
आइतबार बिहान महेन्द्रनगरको बसपार्कमा हिँडिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनलाई आइतबार नै बैतडी प्रहरीमा बुझाइने छ ।
गत बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा मायाको शव शिवनाथ गाउँपालिका–६ को जंगलमा फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्