७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


पोखरामा १४ बर्षीय बालिका मृत फेला, सामुहिक बलात्कारपछि हत्या भएको आशंका


0
Shares

                                            प्रतीकात्मक तस्वीर

प्रदिप पौडेल

पोखरा, भदौ ९ । पोखरा १९ लामाचौरकी एक बालिका मृत फेला परेकी छन् ।

विन्ध्यवासीनी माबि बटुलेचौरमा कक्षा ६ मा अध्ययनरत बालिका मृत फेला परेकी हुन् । १४ बर्षीया पुष्पा केसी बिहीबार विद्यालयबाट फर्किएदेखि नै हराएकी थिइन् ।

विद्यालयको बसले करिब साढे ४ बजे छाडेको भए पनि उनी घर नपुगेपछि बिहीबार साँझबाटै परिवार र स्थानीयले उनको खोजी गरेका थिए । उनको खोजी गर्ने क्रममा पोखरा १९ फापरतरोमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनको घर पोखरा १९ जिमेरेदेखि करिब साढे दुई किलोमिटर पर शव भेटिएको हो । उनको झोला भने घरदेखि करिब १ किलोमिटर पर भेटिएको थियो ।

उनको बलत्कारपछि हत्या भएको हुन सक्ने आशंका स्थानीयले गरेका छन् तर पोष्टमार्टमपछि मात्रै हत्याको कारण खुल्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रविन्द्र गुरुङले बताए ।

घटनाको विषयलाई लिएर आफन्तले सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न माग गरेका छन भने किशोरीको शव अहिले पोष्टमार्टमका लागि परिश्चमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।