तीन वर्षपछि भारती खरेल स्मृति पुरस्कार वितरण « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


तीन वर्षपछि भारती खरेल स्मृति पुरस्कार वितरण


208
Shares

काठमाडौं । तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार वितरण गरिएको छ ।

कोभिड-१९ का कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार शुक्रबार वितरण गरिएको हो ।

भारती खरेल प्रतिष्ठानले तीन जना स्रष्टा र समाजसेवीलाई हस्तान्तरण गरेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः वरिष्ठ गीतकार किरण खरेल, माइती नेपालकी संस्थापक अनुराधा कोइराला र वरिष्ठ समालोचक वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ ।

उक्त पुरस्कार प्रज्ञा प्रतिष्ठानका निमीत्त कुलपति प्रा. डा. जगमान गुरुङ र भारती खरेल प्रतिष्ठानका संस्थापक चन्द्रिकानन्द खरेलले हस्तान्तरण गर्नुभएको हो । पुरस्कृतलाई सम्मानसहित ५१ हजार रुपैयाँले प्रदान गरेको हो ।

प्रा.डा. गुरुङले भक्तिमति खरेलको सेवा, सिर्जना र अध्यात्म साहित्य प्लेरतिको योगदानबारे प्रकाश पार्दै यो स्मृति पुरस्कारले नेपाली भाषा साहित्य, समाजसेवा लगायत क्षेत्रमा समर्पित व्यक्तित्वलाई थप उत्प्रेरणा दिँदै आएको बताउनुभयो ।

प्रतिष्ठानले भक्तिमति एवं विशिष्ट साहित्य साधिका स्व. भारती खरेलको ८५ औं जयन्तीका अवसरमा यो पुरस्कार वितरण गरेको हो ।

स्व. खरेलको स्मृतिमा वरिष्ठ समाजसेवी चन्द्रिकानन्द खरेल (पति), वरिष्ठ गायक दीपक खरेल (छोरा) लगायतले स्थापना गरेको प्रतिष्ठानले हरेक वर्ष मंसिर १६ गते यस्तो समारोह आयोजना गर्दै आएको छ ।

प्रतिष्ठानले साहित्य साधिका तथा भक्तिमति भारती खरेलको जन्मजयन्तीको अवसरमा साहित्य, समाजसेवा, भक्तिलगायत विभिन्न क्षेत्रमा आवद्ध विशिष्ट व्यक्ति एवं संस्थालाई पुरस्कृत गर्दै आएको छ ।