Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


बामपन्थी शक्तिलाई एकजुट बनाएर एमाले नेतृत्वमा सरकार बन्ने गुरुङको दावी


247
Shares

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताउनुभएको छ ।

उहाँले सत्तारुढ गठबन्धनलाई तोडेर बामपन्थी शक्तिलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहलकदमी लिनुपर्ने बताउनुभयो ।

लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा आफूलाई बधाई दिन प्रेस चौतारी नेपालले गरेको कार्यक्रममा उपमहासचिव गुरुङले मुलुकमा प्राप्त उपलब्धि रक्षा गरी मुलुकको स्वाधिनतामाथि धावा बोल्ने काम रोक्न एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने उहाँको तर्क थियो । उहाँले संघ र सात वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेको दावी समेत गर्नुभयो ।

उपमहासचिव गुरुङले एमाले नेतृत्वको सरकार बनाउने कामलाई सार्थक निष्कर्षमा पुर्‍याउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेकपाको एकता जोगाउन नसक्दा निर्वाचनमा एमालेले अपेक्षित परिणाम ल्याउन नसकेको बताउनुभयो ।

Skip This