स्वर्गीय डा.राजेशभगत प्रधानाङ्गको वार्षिक पुष्य तिथिका अवसरमा बिविध कार्यक्रम आयोजना « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


स्वर्गीय डा.राजेशभगत प्रधानाङ्गको वार्षिक पुष्य तिथिका अवसरमा बिविध कार्यक्रम आयोजना


143
Shares

काठमाडौं । होमोयोप्याथी चिकित्साका प्रवद्र्धक स्वर्गीय डा.राजेशभगत प्रधानाङ्गको वार्षिक पुष्य तिथिका अवसरमा शुक्रवार बिविध कार्यक्रमको आयोजना गरेर उहाँको संझना गरिएको छ ।

लामो समयदेखि होमियोप्याथी चिकित्साको उपचार र प्रवद्र्धनमा लाग्नु भएका प्रधानाङ्गको गतवर्ष कोरोनाका कारण निधन भएको थियो । उहाँले लामो समयसम्म ईमेज एफएम ९७.९ मा “होमियोप्याथी र उपचार” भन्ने कार्यक्रम संचालन गर्नुभएको थियो ।

उहाँको पुण्य तिथिको अवसर पारेर ‘डा.राजेश भगत प्रधानाङ्ग’ नामक स्मृति ग्रन्थ समेत प्रकाशित गरिएको छ ।स्वर्गीय प्रधानाङ्गले नेपालमा होमियोप्याथी उपचार पद्धतिका क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएको थियो ।