२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विश्व माटो दिवस मनाइने


104
Shares

काठमाडौं । कृषि विभागले नवौं विश्व माटो दिवसको अवसरमा मंसिर १९ गते माटो सम्बन्धि जनचेतना जगाउन प्रभातफेरि गर्ने भएको छ ।

कृषि विभागले पत्रकार सम्मेलन गरेर नवौं विश्व माटो दिवसमा जनचेतना जगाउन प्रभातफेरि तथा विभिन्न कार्यक्रम गर्ने जनाएको हो ।

कृषि विभागका महानिर्देशक डा.रेवतीरमण पौडेलले दिवसको अवसरमा विभिन्न चित्रकला तथा माटोको संरक्षण सम्बन्धी गोष्ठीहरुको आयोजना गर्ने बताउनुभयो । उहाँले राष्ट्रिय किसान आयोगद्वारा प्रदेशहरुमा माटो परीक्षण शिविर आयोजना गर्ने योजना रहेको पनि बताउनुभयो ।

नेपालको खेतीयोग्य जमिनको ५५ प्रतिशत माटो अम्लिय प्रकृतिको, ५ प्रतिशत क्षारिय र ४५ प्रतिशत तटस्थ प्रकृतिको पाईको विभागले जनाएको छ । धेरैजसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुन्छ ।

नेपालमा खेती गरिने जमिनको ५६ प्रतिशत नाईट्रोजनको मात्रा न्युन, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको पाइएको विभागले बताएको छ । पछिल्लो समय गोबर वा कम्पोष्ट मल, हरियो मलको प्रयोग न्यून रहेकाले माटो बिग्रँदै गएको विभागको भनाइ छ ।

यो वर्षको विश्व माटो दिवसको नारा स्वस्थ मोटोको साथ, खाद्य उत्पादनको शुरुवात रहेको छ ।