 
	    काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का लक्ष्मी महतो कोइरी विजयी हुनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेललाई १ हजार ३० को मतान्तरले पराजित गर्दै एमालेका उहाँ विजयी हुनुभएको हो ।
महतो २३ हजार ४०२ मत ल्याउनु भई विजयी हुनुभएको हो । पोखरेलले २२ हजार ३७२ मत मात्र प्राप्त गर्नुभयो । यस्तै, स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापाले ७ हजार ८१२ मत प्राप्त गर्नुभयो ।
२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट पोखरेल विजयी हुनुभएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्