Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


जनताका अपेक्षा पूरा गर्छु : विष्णु पौडेल


4.2k
Shares

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका बाचा पूरा गर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभामा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उहाँले, ‘रुपन्देहीका जनताले आफूलाई यसपटक पनि अनुमोदन गरेबाट विकासप्रति यहाँका मतदाताको आकाङ्क्षा झन् प्रकट भएको महसुस गरेको छु, जताका विकासका आकाङ्क्षा पूरा गर्नेछु ।’ भन्नुभयो ।

उहाँले रुपन्देही जिल्लासहित बृहत् लुम्बिनी क्षेत्रको व्यवस्थित र दीर्घकालीन विकासमा जोड दिने प्रतिबद्धता आफूले निर्वाचनका बेला जनतासँग गरेको र आगामी दिनमा अब सोही बमोजिम नै काम अघि बढाउने बताउनुभयो ।