महोत्तरी–२ बाट लोसपाका शरत सिंह भण्डारी निर्वाचित « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


महोत्तरी–२ बाट लोसपाका शरत सिंह भण्डारी निर्वाचित


208
Shares

काठमाडौं । महोत्तरी क्षेत्र नं. २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्‍मेदवार शरत सिंह भण्डारी निर्वाचित हुनुभएको छ ।

निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित हुनुभएको हो ।

भण्डारीले २५ हजार १ सय ९० मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १ सय २० मत प्राप्त गर्नुभयो । यस्तै, नेकपा (एमाले) का राम परीक्षण यादवले १० हजार २ सय ५८ मत प्राप्त गर्नुभयो ।