
महेश कार्की
बाजुरा । अनेरास्वबियु बाजुराले गरिरहेको आन्दाेलन फिर्ता लिएको छ ।
अनेरास्वबियु बाजुराका विद्यार्थी नेता चेतन अएडीको हत्या प्रकरणमा संलग्नलाई पक्राउको मागसहित आन्दोलनरत अनेरास्वबियु बाजुराले गरिरहेको आन्दाेलन फिर्ता लिएको विज्ञप्तिमार्फत जनाएको हाे । शान्तिपूर्ण आन्दोलन बाहेक अन्य बजार, यातायता कार्यालय सबै बन्द नगरिने जारी विज्ञप्तिमा भनिएकाे छ ।
यहि मंसिर ५ गते देखि बाजुरा बन्दको आह्वन गरेको अनेरास्वबियु बाजुराले आज शुक्रबारदेखि आन्दाेलनका सबै कार्यक्रमहरु फिर्ता लिएको विज्ञप्तिमा भनिएकाे छ । तर विद्यार्थी नेता अएडीका हत्यारालाई कानूनी दायरामा नल्याउन्जेसम्म शान्तिपूर्ण आन्दोलन भने जारी राख्ने अनेरास्वबियु बाजुराका सचिव हिक्मतबहादुर रोकायाले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्