सेयर बजारमा सुधार « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Fri Dec 9 2022


सेयर बजारमा सुधार


0
Shares

काठमाडौं । पछिल्ला दुई दिन ओरालो लागेको सेयर बजार बिहीबार दोहोरो अंकले सकारात्मक रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ११ अंकले उकालो लागेर १९ सय ३३ कायम भयो । कारोबार भने थप खुम्चिएर अर्ब तलै सीमित भयो । निर्जीवन बीमा नगन्य अंकले मात्र रातो रहेबाहेक अरु समूहमा हरियाली छायो ।

उत्पादनमूलक समूह सबैभन्दा उच्च ६० अंकले उकालो लाग्दा बाँकी अधिकांश समूह दोहोरो अंकले उक्लिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा बिहीबार २ सय ३२ कम्पनीको २५ लाख कित्ता सेयर ९२ करोड ५१ लाखमा खरीदविक्री भएको एक्सचेन्जले जनाएको छ ।

यसमध्ये १ सय २४ कम्पनीको सेयर मूल्य बृद्धि हुँदा ४९ कम्पनीको घटेको छ भने बाँकी १७ कम्पनी स्थिर रह्यो । यस दिन पनि घलेम्दी हाइड्रो र आरएमडीसि लघुवित्तको सेयर मूल्यमा ६ प्रतिशतले बृद्धि हँुदा किसान लघुवित्त र सिटिजन म्युचल फण्डका लगानीकर्ताले बढी गुमाए ।

यस दिन कारोबार रकमको आधारमा साइन रेसुंगा विकास बैंकको सबैभन्दा उच्च ७६ करोड माथिको कारोबार भएको पनि एक्सचेन्जले जनाएको छ ।