१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


नवनिर्वाचित सोविता गौतमको प्रतिवद्धता


494
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले मतदाताले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

निर्वाचित भएपछि उहाँले बुधबार पत्रकार सम्मेलन गरेर मतदातासामु गरेको प्रतिवद्धता पूरा गर्ने बताउनुभएको हो । उहाँले आफूलाई निरन्तर खबरदारी गर्न पनि आग्रह गर्नुभएको छ ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गौतमले आफ्नो क्षेत्रका नागरिकसँग नजिक रहेर काम गर्ने पनि बताउनुभयो । गौतम १५ हजार १ सय २९ मतसहित विजयी हुनुभएको हो ।

उहाँलाई नेकपा एमालेका मणिराम फुँयालले ११ हजार ५ सय ५५ मतसहित पछ्याउनुभएको थियो ।