२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


संखुवासभामा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा


1.651k
Shares

संखुवासभा । संखुवासभामा प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार दिपक खड्काले ३ हजार ६ सय ९३ मत ल्याई अग्रता कायम गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र गौतमले ३ हजार ३ सय मत ल्याउनु भएको छ ।

जिल्लाको उत्तरी हिमाली क्षेत्र भोटखोला गाउँपालिका र मकालु गाउँपालिकाको ८ हजार ३८ मत गणना गर्दा कांग्रेसका खड्काले अग्रता कायम गर्नू भएको हो । उहाँ ३ सय ९३ मतले अगाडि रहनु भएको छ ।

संखुवासभा जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि २ स्वतन्त्रसहित १२ जना उम्मेदवार रहेका छन् । जिल्लामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेकामा ६५ हजार ८ सय ९२ मत खसेको सहायक मुख्य निर्वाचन अधिकृत डा. ईन्द्रप्रसाद सापकोटाले बताउनुभयो ।