थप ५ जनामा कोरोना संक्रमण पुष्टि, २० संक्रमणमुक्त « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


थप ५ जनामा कोरोना संक्रमण पुष्टि, २० संक्रमणमुक्त


39
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १ हजार २ सय ८६ जनाको नमूना परीक्षण गर्दा ५जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार २० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने देशभर ३ सय ९० जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।