दाङ क्षेत्र नं ३ को मतगणना सुरु « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


दाङ क्षेत्र नं ३ को मतगणना सुरु


312
Shares

दाङ । दाङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । मध्यान्ह १२ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो ।

क्षेत्र नं ३ मा एक लाख ४६ हजार चारसय ७५ मतदाता रहेकोमा ९० हजार एक सय ५० मत खसेको छ । क्षेत्र नं ३ को भू–तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरमा मतगणना भइरहेको छ ।

त्यसैगरी दाङ क्षेत्र नं १ र २ मा केही समयमा मतगणना हुने मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।