१० फाल्गुन २०८०, बिहिबार | Fri Feb 23 2024


पोर्न फिल्म सुटिङ गरेको भन्दै राज कुन्द्राविरुद्ध नयाँ मुद्दा दायर


9.841k
Shares

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्राविरुद्ध नयाँ मुद्दा दायर भएको छ ।

महाराष्ट्र साइबर सेलले दायर गरेको नयाँ मुद्दामा कुन्द्राले मुम्बईको छेउछाउका दुई पाँचतारे होटलमा अश्लील फिल्म (पोर्नोग्राफी) सुटिङ गरेको दावी गरेको छ । कुन्द्राले ओटीटी प्लेटफर्ममा यी फिल्महरू बेचेको महाराष्ट्र साइबर सेलले दावी गरेको छ ।

साइबर सेलले गत साता मात्रै अदालतमा मुद्दा दायर गरेको हो । भारतीय दुई मोडल पुनम पाण्डे र शर्लिन चोपडा पनि यस मुद्दामा जोडीएका छन् । उनीहरू मात्रै नभएर फिल्ममेकर मीता झुनझुनवाला र क्यामेराम्यान राजु दुबेको नाम पनि यसमा परेको छ ।

पोर्नोग्राफी मुद्दामा कुन्द्राले मुम्बईको आर्थर जेल रोडमा ६३ दिन विताएका थिए । दुई महिना जेल बसेपछि उनले गत सेप्टेम्बरमा अदालतबाट धरौटी पाएका थिए । साइबर सेलले गत शुक्रबार ४ सय ५० पृष्ठको आरोपपत्र पेस गरेको थियो । यसमा केना प्राइम ओटीटीका सुवाजित चौधरी र कुन्द्राका कर्मचारी उमेश कामथलाई अनलाइन प्लेटफर्ममा ‘प्रेम पगलानी’ वेब सिरिज अपलोड गरेको आरोप लागेको छ ।

अर्कोतर्फ, पुनम पाण्डेले कुन्द्राको कम्पनी आर्म्सप्राइमसँग व्यापार सम्झौता गरेर आफ्नै मोबाइल एप ‘द पूनम पाण्डे’ बनाएको र भिडियो खिच्ने गरेको आरोप छ । यसबाहेक क्यामेराम्यान राजु दुबेमाथि शर्लिन चोपडाको भिडियो खिचेको आरोप लागेको छ । निर्माता मीता झुनझुनवालाले यी व्यक्तिहरूलाई सहयोग गरेको र प्रोत्साहन गरेको आरोप छ।

आरोपपत्रमा भनिए अनुसार सबै मुद्दाहरूमा आर्म्सप्राइम कम्पनीले यी सबै अभियुक्तहरूबाट पैसा लिएको र यसले अपराध गर्न सहयोग गरेको छ । पोर्न फिल्म र वेब सिरिजमा काम गरेका तर, मुद्दा दर्ता भएदेखि नै भूमिगत भएका केही मोडलहरूको पनि प्रहरीले खोजी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।