प्रधानमन्त्री देउवाले डडेल्धुराकाे गन्यापधुराबाट गरे मतदान « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


प्रधानमन्त्री देउवाले डडेल्धुराकाे गन्यापधुराबाट गरे मतदान


39
Shares

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो गृह जिल्ला डडेल्धुराकाे गन्यापधुरा गाउँपालिकाबाट मतदान गर्नुभएको छ ।

रुवाखोलाको (ख) मतदान केन्द्रबाट उहाँले आइतबार बिहान १० बजेर ८ मिनेटमा मतदान गर्नुभएको हो। मतदान गरिसकेपछि प्रधानमन्त्री देउवाले सबैलाई मतदानमा सहभागी हुन आग्रह समेत गर्नुभयो । डडेल्धुरामा १ सय १ मतदान केन्द्र र १ सय ३९ मतदान स्थल रहेका छन् । साथै डडेल्धुरामा ९२ हजार मतदाता रहेका छन् ।

प्रधानमन्त्री देउवासँग स्वतन्त्र युवा इन्जिनियर सागर ढकाल र कांग्रेस वीपीका कर्ण मल्ल प्रतिस्पर्धामा रहेका छन् ।