Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


अर्घाखाँची प्रतिनिसभाका उम्मेदवारद्वय भुसाल र रायमाझीद्दारा मतदान


143
Shares

अर्घाखाँची । अर्घाखाँची प्रतिनिसभाका उम्मेदवारद्वय पुष्पा भुसाल र टोपबहादुर रायमाझीले मतदान गर्नुभएको छ ।

आइतबार प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि भुसाल र रायमाझीले मतदान गर्नुभएको हो ।भुषाल सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार हुनुहुन्छ भने रायमाझी एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्छ । गठबन्धनकि उम्मेदवार भुसालले सन्धिखर्क नगरपालिका वडा नम्बर –१ को टुडिखेलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो भने एमालेका उम्मेदवार रायमाझीले सन्धिखर्क नगरपालिका वडा नम्बर– ९अर्घा रजस्थल माध्यमिक बिद्यालय रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । अर्घाखाँचीमा प्रतिनिधि सभामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ भो । प्रदेश सभामा दुई वटा क्षेत्र रहेका छन् ।

देशैभर आज उत्साहका साथ मतदाताले आफ्ना जनप्रतिनिधि चयनका लागि मतदान गरिरहेका छन् । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ ।