
काठमाडाैं । नेकपा क्रान्तिकारी माओवादी निकट नेता कार्यकर्ताहरुले निर्वाचन बहिस्कारको माग गर्दै प्रदर्शन गरेका छन् ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालय, बहादुर भवन अगाडि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

१५, २० जनाको समूहले निर्वाचन बहिष्कारको आव्हान गर्दै नाराबाजी गरेका थिए । यसक्रममा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टीलगायतले निर्वाचन बहिस्कारको घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्