टिपरकाे ठक्करबाट एक पत्रकारकाे मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


टिपरकाे ठक्करबाट एक पत्रकारकाे मृत्यु


104
Shares

काठमाडौं । बुटवलमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

लु १ क ५२७६ नम्बरको टिपरले शुक्रबार साँझ बुटवल–भैरहवा खण्डस्थित तिलोत्तमा नगरपालिकाको जानकीनगरमा मोटरसाइकललाई ठक्कर दिंदा ३५ वर्षीय पत्रकार एनबी कंडेलकाे मृत्यु भएकाे प्रहरीले बताएकाे हाे ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको टिपरले लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घाइते हुनुभएका कंडेलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–१ रानीबगियाका कंडेल बुटवलबाट सञ्चालित ग्लोबल आवाज अनलाइनका सम्पादक समेत भएकाे जनाइएकाे छ ।