 
	    काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका दिन सदर चिडियाखाना बन्द हुने भएको छ ।
मतदानको दिनलाई ध्यानमा राखेर चिडियाखाना बन्द गर्ने निर्णय गरिएको चिडियाखाना व्यवस्थापन पक्षले जनाएको छ ।
हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि अवलोकन गर्न खुला रहने गरेको छ ।
अवलोकन गर्न विदेशीका लागि रु. एक हजार, सार्क राष्ट्रका व्यक्तिका लागि रु. ५०० र नेपालीलाई रु. २०० शुल्क निर्धारण गरिएको छ । चिडियाखानामा वार्षिक करिब ११ लाख दर्शक अवलोकन गर्न आउने गरेका छन् । यहाँ वन्यजन्तुको रेखदेख र स्याहारका लागि हाल ६५ कर्मचारी रहेका छन् ।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरद्वारा वि.सं १९८९ मा निजीरूपमा स्थापना गरिएको सदर चिडियाखाना २०११ सालदेखि मात्र सर्वसाधारणलाई खुला गरिएको थियो । चिडियाखाना २०५२ सालदेखि भने राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्