नेपाली सेनाको ९ सय बढी बम डिस्पोजल टोली तयारी अवस्थामा « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


नेपाली सेनाको ९ सय बढी बम डिस्पोजल टोली तयारी अवस्थामा


273
Shares

काठमाडौं । सरकारले देशभरलाई कभर गर्ने गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको छ । निर्वाचन सुरक्षालाई ध्यान दिँदै सरकारले सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको हाे ।

गृह मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर चुनावको सुरक्षालाई केन्द्रीत गर्दै ९ सय ३ बम डिस्पोजल टोली तयार पारिएको बताइएको हो । मन्त्रालयले मतदानस्थललाई संवेदनशिल, अतिसंवेदनशिलमा वर्गिकरण गरी त्यही अनुसारको सुरक्षा रणनीति बनाएको छ ।

निर्वाचनलाई स्वच्छ र भयमूक्त बनाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी फिल्डमा खटाइएको छ ।