Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


‘शतप्रतिशत मत खसे पुनः निर्वाचन हुन्छ’


19.8k
Shares

निर्वाचन आयोगले शतप्रतिशत मत खसेमा उक्त मतदान केन्द्रमा पुनः मतदान हुने जनाएको छ ।

आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनकुमार थपलियाले यस्ताे बताउनु भएकाे हाे ।

उहाँले स्वाभाविक रुपमा शतप्रतिशत मत खसे मत बदर गरी उक्त मतदान केन्द्रमा पुनः मतदान हुने जानकारी दिनुभयाे ।

बुथ कब्जा गरेर मतदान गर्ने सोच नराख्न आग्रह गर्दै उहाँले शतप्रतिशत मत खसे सो मत बदर गरेर उक्त मतदान केन्द्रमा पुनः मतदान हुने बताउनु भयाे।

विगतका निर्वाचनमा बुथ कब्जा हुने गरेका स्थानमा हवाईगस्ती पनि गरिने थपलियाले जानकारी दिनुभयाे ।