कपिलवस्तु ३ मा कडा प्रतिस्पर्धा « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


कपिलवस्तु ३ मा कडा प्रतिस्पर्धा


780
Shares

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं. ३ मा प्रभावशाली मानिएका नेताहरु प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनाव रोचक भएको छ ।

मुलुकको प्रमुख व्यापारिक केन्द्र कृष्णनगर समेत यसै क्षेत्रमा पर्ने हुँदा यहाँको चासो जिल्ला बाहिर पनि उत्तिकै छ ।

यहा बाम–लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका अभिषेक प्रताप साह, नेकपा एमालेबाट मंगलप्रसाद गुप्ता र जनता प्रगतिशिल पार्टीबाट ईश्वर दयाल मिश्र उम्मेदबार बनेका छन् । तीनै जना हेबिवेट उम्मेदवार हुन् । तीनै जना अहिले जनतासँग मत माग्दै घरदैलोमा पुगिरहेका छन् ।

यो क्षेत्रमा पार्टीका दस जना र स्वतन्त्र ८ जना उम्मेदवार छन् ।