Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


सन्नी लियोनी एफआईआर खारेज गराउन पुगिन् उच्च अदालत


4.4k
Shares

एजेन्सी । भारतीय अभिनेत्री सन्नी लियोनीले आफूविरुद्ध परेको एफआईआर खारेज गराउन केरला उच्च अदालत पुगेकी छिन् ।

सन्नीले आफ्नो विरुद्धमा दर्ता भएको एफआईआर खारेज गर्न उच्च अदालतलाई अनुरोध गरेकी हुन् ।

चार वर्ष पहिले, राज्य प्रहरीको अपराध शाखाले कोझिकोडमा एक स्टेज प्रदर्शनको लागि कम्पनीसँगको सम्झौताको सर्तहरू उल्लङ्घन गरेको आरोपमा सन्नीविरुद्ध एफआईआर दर्ता गरेको थियो।

सन्नीले निवेदनमा आफूमाथि लगाइएको आरोप अस्वीकार गरेकी छन् । उनले आफू कुनै अपराधमा संलग्न नभएको दाबी गरेकी छन् ।

भारतीय सञ्चार माध्यामका अनुसार अपराध शाखाले मुद्दाको अनुसन्धान गरिरहेको छ, जुन एर्नाकुलम जिल्लामा शिया कुन्हुमोहम्मद नामको व्यक्तिको उजुरीको आधारमा दर्ता गरिएको थियो।

शोका संयोजक शियाले आफ्नो गुनासोमा सन्नीले स्टेजमा प्रस्तुति दिने सम्झौता गरेर नगद भारु ३९ लाख रुपैयाँ लिएको तर, न कार्यक्रममा उपस्थित भएको न त रकम नै फिर्ता गरको भनेर उजुरी दिएका छन् ।

यसका साथै सन्नीका श्रीमान डेनियल वेबर र कम्पनीका कर्मचारी सुनील रजनी यस मुद्दामा दोस्रो र तेस्रो आरोपी हुन् ।