यो निर्वाचन चानचुने नभई महाभारत हो : अध्यक्ष दाहाल « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


यो निर्वाचन चानचुने नभई महाभारत हो : अध्यक्ष दाहाल


247
Shares

परासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनलाई स्थायित्व गर्न गठबन्धन गरेको बताउनुभयो ।

मंगलबार नवलपरासीको बर्दघाटस्थित चौपातामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले यो निर्वाचन चानचुने नभई महाभारत भएकाले परिवर्तन विरोधीहरुलाई हराउँदै । संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न गठबन्धन गरिएको बताउनुभयो ।

सुशासन र विकासबाट मात्र परिवर्तन सम्भव भएकाले संविधानको रक्षा र राजनीति स्थिरिता कायम गर्न पाँच दलिय गठबन्धनले मात्र सक्ने जिकिर गनुएभयो ।