गठबन्धन टुटाउन तत्व लागिपरेका छन् : प्रधानमन्त्री देउवा « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


गठबन्धन टुटाउन तत्व लागिपरेका छन् : प्रधानमन्त्री देउवा


182
Shares

परासी । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउनका लागि झगडा लगाउने तत्व लागि परेको बताउनुभएको छ ।

आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको बताउँदै त्यसमा कसैले पनि चिन्ता नगर्न आग्रह गनुएभयो ।

समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँच दलिय गठबन्धन चुनावपछि पनि कायम रहनेमा कसैले शंका नगर्न आग्रह गर्नुभयो ।

लोकतान्त्रिक बाम गठबन्धनले मंगलबार नवलपरासीको बर्दघाटस्थित चौपातामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले नेपालमा जस्तो समावेशी र आरक्षणसहितको संविधान अन्य कुनै देशमा नभएको दाबी गर्नुभयो ।