दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप


3.042k
Shares

दार्चुला । दार्चुलामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएकाे छ ।

नौगाड गाउँपालिकामा आइतबार दिउँसो गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

झडपमा परेर गठबन्धनका कार्यकर्ता नौगाड गाउँपालिका–६ धुलिगडाका ३५ वर्षीय जयसिंह धामी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आक्रमणबाट घाइते धामीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । उनको टाउकोमा रड प्रहार गरिएको प्रहरीले जनाएको छ । चुनाव प्रचारका क्रममा विवाद हुँदा उनीहरुबीच दोहोरो झडप भएको थियाे ।