२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


ब्रिटिस आर्मीका लागि यसरी गरिन्छ छनोट, क्याम्पभित्र के–के हुन्छ ? (भिडियोसहित)


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, भदौ ७ । ब्रिटिस आर्मीमा भर्ती हुनका लागि पैसाको चलखेल हुन्छ भन्नु निराधार भएको ब्रिटिस क्याम्प पोखराले जनाएको छ ।

बिहीबार पोखरामा क्याम्पले आयोजना गरेको पत्रकार सम्मेलनमा निःशुल्क, निष्पक्ष र पारदर्शीरुपमै नेपालीलाई भर्ती प्रक्रियाबाट लैजाने गरेको ब्रिटिस क्याम्पका प्रमुख मेजर सेन्डी नाइटिंगलले स्पस्ट पारे ।

अरु कारोबारमाजस्तै ‘भर्ती प्रक्रियामासमेत दलालको सक्रियता रहेपछि योग्य व्यक्तिभन्दा कमले भर्ती हुन थालेको’ भन्ने गत वर्षको आरोपको खन्डन गर्दै उनले पत्रकारहरुलाई भर्ती प्रक्रियाबारे ब्रिटिस क्याम्पमै बोलाएर ‘ब्रिफिङ’ गरेका हुन् ।

योग्यता र क्षमताका आधारमा छनोट गरिने हुँदा कसैलाई पनि आर्थिक प्रलोभनमा नपर्न नाइटिंगलले आग्रह गरे ।

ब्रिटिस गोर्खा, सिंगापुर पुलिसलगायतमा भर्ती गराउनकै लागि पोखरामा रहेका तालिम केन्द्रहरुले गत वर्ष प्रतिव्यक्ति ३५ देखि ४० लाख रुपैयाँ लिएको आरोप सार्वजनिक भएको थियो ।

ब्रिटिस गोर्खामा भर्ती हुनका लागि करिब एक वर्षको अवधि रहने र चार चरण उत्तीर्ण गरेरमात्रै अन्तिम छनोट हुनसकिने उनले बताए । यसका लागि कसैलाई पनि पैसा दिनुपर्दैन ।

ब्रिटिस क्याम्पको वेबसाइटमै कस्ताखाले प्रश्न हुन्छन् ? परीक्षा प्रणाली कस्तो हुन्छ ? भन्नेबारे सम्पूर्ण जानकारी दिइएको कारण पैसा दिएर भर्ती भइन्छ भन्ने हल्लाको पछाडि नलाग्नसमेत उनले आग्रह गरे ।

योग्यता र क्षमताका आधारमामात्र भर्ती हुने भएकाले अभिभावकलाईसमेत कसैको प्रलोभनमा नलागी पैसा खर्च नगर्न उनले सचेत गराए ।

नेपालबाट छनोटका लागि पोखरा र धरानमा एकैपटक फाराम विततरण हुने गर्दछ ।

यो वर्ष नेपालबाट करिब ५०० जना युवक छान्ने र करिब ३२० जनालाई अन्तिममा भर्ती गरेर बेलायत लैजाने प्रक्रिया सुरु हुने जनाइएको छ ।

भिडियो हेर्नुहोस्