ओखलढुंगामा वर्षाका कारण कोदाेकाे उत्पादन घट्यो « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


ओखलढुंगामा वर्षाका कारण कोदाेकाे उत्पादन घट्यो


52
Shares

ओखलढुंगा । यस वर्ष लामो समयसम्म वर्षा भएपछि ओखलढुंगाको रुम्जाटारमा कोदोकाे उत्पादन घटेको छ ।

अघिल्ला वर्ष भन्दा यस वर्ष कोदोको बाला सानो लागेको यहाँका किसानहरूले बताएका हुन् । सम्मटारका रुपमा रहेको रूम्जाटार जिल्लामै कोदो उत्पादनमा गनिएको क्षेत्र हो । यहाँका किसानलाई अहिले कोदो टिप्न भ्याई-नभ्याई भएकाे छ।

कोदो रोप्दा होस् या टिप्दा यहाँ सामूहिक काम गर्ने चलन रहेको छ । जसका कारण रुम्जाटारको संस्कृतिसँग समेत कोदो जोडिंदै आएको छ । कोदो रोप्दा र टिप्दा माइती र चेली जोड्ने पर्मेली परम्परा र पर्मेली गीत गाएको यहाँ देख्न सकिन्छ ।

रूम्जाटारकै पहिचान बोकेको कोदोको यस वर्ष वर्षाका कारले राम्रोसँग बाला लाग्न नपाएको रूम्जाटारकी स्थानीय पदमकुमारी गुरूङले बताउनुभयो । रूम्जाटारमा उत्पादित कोदो जिल्लामा नै खपत हुने गरेको छ ।