२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


‘टीकापुर घटनामा संलग्न रहेको आरोपमा समातिएकालाई बिनाशर्त रिहा गर्नुपर्छ’


0
Shares

काठमाडौं, भदौ ७ । थारु समुदायका मागप्रति सरकार गम्भीर नबनेको गुनासो सरोकारवालाहरुले गरेका छन् ।

कैलालीको टीकापुर घटनाको तीन वर्ष पुगेको सन्दर्भमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले थरुहट आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन माग गरे ।

तीन वर्षअघि टीकापुर घटनामा संलग्न रहेको आरोपमा समातिएका २६ जनालाई बिनाशर्त रिहा गर्नुपर्ने उनीहरुको माग थियो ।

थरुहट आन्दोलनकाक्रममा वि.सं. २०७२ साल भदौ ७ गते टीकापुरमा प्रदर्शनकारीले ८ जना प्रहरी र एकजना दूधे बालकको निर्संश हत्या गरेका थिए ।