काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइराला काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी सभामा सहभागी हुनुभएको छ ।
शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित पार्टीको आसन्न निर्वाचनको चुनावी सभामा सहभागी हुनुभएको हो ।
बलिउडमा ख्याती कमाउनु भएकी अभिनेत्री कोइराला पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको साथमा कार्यक्रममा सहभागी हुँदै वीपी विचार बोकेकाले राप्रपालाई आफूले रोजेको बताउनुभयो ।
नेपाली कांग्रेसका संस्थापक एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकी नातिनी अभिनेत्री कोइरालालाई कार्यक्रममा सहभागी हुँदा भव्य स्वागत गरिएको थियो । यस अघि शुक्रबारनै अभिनेत्री कोइराला पोखरामा आयोजित राप्रपाको चुनावी सभामा पनि सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्