२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


कन्चनपुर घटना छानबिन गर्न समिति गठन, सीडीओ र एसपी फेरिए


0
Shares

काठमाडौं, भदौ ७ । सरकारले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयले बिहीबार सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका डीआइजीहरु तथा प्रदेश नम्बर–७ सरकारका आन्तरिक मामिला मन्त्रालयका प्रतिनिधिहरु सदस्य रहेका छन् ।

प्रजिअ र एसपी परिवर्तन

यस्तै, गृह मन्त्रालयले कन्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख परिवर्तन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई हटाएर उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको छ ।

यसैगरी, कन्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई हटाएर उनको ठाउँमा कुबेर कडायतलाई पठाइएको हो ।