
काठमाडौं, भदौ ७ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकार आचारसंहिताको अक्षरशः पालनालेमात्र पत्रकारिता पेसा मर्यादित हुने बताएका छन् ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले जवाफदेही, मर्यादित र निष्पक्ष पत्रकारिताका लागि आचारसंहिताको पालना आवश्यक रहेको बताए ।
कार्यक्रममा उपत्यकाका करिब दुई दर्जन पत्रकारको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्