डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक आचार्य सम्मानित « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक आचार्य सम्मानित


286
Shares

काठमाडाैं । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य सीईओ इनसाइट्स एसियाद्वारा दक्षिण एसियाकै उत्कृष्ट दश मध्येका बिजनेस लिडरका रुपमा सम्मानित हुनुभएको छ ।

सीईओ इनसाइट्सले देशको कर्पोरेट क्षेत्रलाई भविष्यको नयाँ आयामहरुमा लैजान सक्ने, दक्षिण एसियाका उच्चस्तरका प्रोफेसनल र विचारशील नेतृत्वलाई यो सम्मान प्रदान गर्दै आएको छ ।

नेपालको एकमात्र डीटीएच सेवा प्रदायक डिशहोमले आचार्यको नेतृत्वमा दश लाख बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

उहाँ अध्यक्ष रहनुभएको डिजिटल होम इन्टरनेशनलले सेटअप बक्सहरुको उत्पादन हुँदै डीएआई होम अप्लायन्स पनि उत्पादन तथा विक्री वितरण गर्न सुरु गरेको छ । साथै उहाँकै अध्यक्षतामा कामना सेवा विकास बैँकले देशभर १ सय ३१ शाखाहरु विस्तार गरेको पनि जनाइएको छ ।