२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘इंडिया लकडाउन’ को टिजर सार्वजनिक, फिल्ममा लकडाउनको दर्दनाक कथा


143
Shares

एजेन्सी । निर्देशक मधुर भण्डारकरको फिल्म ‘इंडिया लकडाउन’ को टिजर सार्वजनिक भएको छ ।

यस फिल्मको टिजर निर्देशक मधुरले आफ्नो ट्विटर अकाउन्टमा सेयर गरेका छन् । यो फिल्म कोरोना भाइरसका कारण देशैभर भएको लकडाउनमा आधारित छ । जसका कारण सर्वसाधारणको जनजीवनमा परेका प्रभावहरुलाई देखाइएको छ ।

फिल्ममा प्रतिक बब्बर, श्वेता बसु प्रसाद, साई ताम्हङ्कर, आहाना कुम्रा, जरिन सिहाब, आयशा आइमान, सात्विक भाटिया र सानन्द वर्मालगायतको अभिनय रहेको छ ।

यो टिजर भिडियोले लकडाउनमा सबै कुरामा प्रतिबन्ध लगाएपछि कसरी सबैको जनजीवन प्रभावित भएको देखाइएको छ ।

यो फिल्म २ डिसेम्बर २०२२ मा ओटीटी प्लेटफर्ममा सार्वजनिक हुनेछ ।