२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


कन्चनपुरमा प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यु लगाइयो (७ तस्वीर)


0
Shares

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, भदौ ७ । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याराको छानबिनमा असन्तुष्टि जनाउँदै स्थानीयले गरेको प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

बिहीबार अपराह्न ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कन्चनपुरले जनाएको छ ।

यसअघि, बिहीबार स्थानीयको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो ।

त्यसक्रममा गोली लागेर तीनसहित ८ जना प्रदर्शनकारी घाइते भएका छन् ।

गोली लागेर घाइते हुनेमा कैलाली गाउँपालिकाका सन्तोषकुमार कठरिया, भीमदत्त नगरपालिकाका तेजराज भट्ट र महेन्द्रनगर बजारका अर्जुन भण्डारी छन् ।

जसमध्ये अर्जुन भण्डारीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भारत पठाइएको छ । अरु घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार बिहानैदेखि कन्चनपुर सदरमुकाम महेन्द्रनगर तनावग्रस्त बनेको थियो ।

बलात्कारपछि हत्या गरिएको र प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको दाबीसहित स्थानीयले आन्दोलन गर्दै आएका छन् ।

प्रदर्शन उग्र बनेपछि मंगलबार र बुधबार पनि प्रहरीले बल प्रयोग गरेको थियो ।