वीरेनद्रनगरमा प्रदेशस्तरीय गोष्ठी सुरु « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


वीरेनद्रनगरमा प्रदेशस्तरीय गोष्ठी सुरु


117
Shares

सुर्खेत । वीरेनद्रनगरमा प्रदेशस्तरीय गोष्ठी सुरु भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा एकदिने गोष्ठी सुरु भएको हो ।

गोष्ठीमा १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको शान्ति सुरक्षालगायत समग्र विवरण प्रस्तुत गर्ने आन्तरिक मामिला सचिव दिनेशसागर भुसालले जानकारी दिनुभयो ।

समग्र प्रदेशको अवस्थाको विवरण राख्ने र शान्ति सुरक्षाका हिसाबले के–कस्ता चुनौती छन् भन्नेबारे कार्यपत्र प्रस्तुत हुने बताइएको छ । कर्णाली प्रदेशका प्रहरी प्रमुख पोषराज पोखरेलले देशभर दुई लाख ९८ हजार पाँच सय ९७ जना सुरक्षा निकाय परिचालित हुने बताउनुभयो ।

गृह मन्त्रालयअन्तर्गत हुने वार्षिक नियमित कार्यक्रम पनि हो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कर्णालीको विपद् र विशेषगरी निर्वाचन सुरक्षामा आउने चुनौतीका विषयमा रहेर छलफल केन्द्रित हुने बताउनुभयो ।

गोष्ठीमा कर्णाली प्रदेशका १० जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको कानुन मन्त्रालयले जनाएको छ ।