Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै श्रीमान–श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


741
Shares

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको सुर्मा गाउँपालिकाका तत्कालिन नायब सुब्बा शिवराज उपाध्यायले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

२०५५ भदौ २५ गते सालमा सरकारी सेवामा प्रवेश गरेका उनले २०७८ साल चैत ३० गतेसम्म १ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ । यस अवधिमा उनको तलब भत्तालगायत शीर्षकबाट वैध आम्दानी ४८ लाख ९११ रुपैयाँ आम्दानी हुनुपर्नेमा उनको जग्गा खरिद, घर निर्माण, अध्ययन खर्च, कर्जाको साँवाब्याज भुक्तानी, बिमाको प्रिमियम भुक्तानी, विद्युतीय उपकरण खरिद, सुन खरिद सवारी साधन खरिद, र बैंक मौज्दातसमेत गरी भने १ करोड ५७ लाख ५ हजार १३४ रुपैयाँ देखिएको अख्तियारको भनाइ छ ।

समग्रमा करिब एक करोड १० लाख रुपैयाँको स्रोत नखुलेको अख्तियारका प्रवक्ता श्यामकृष्ण भण्डारीले जानकारी दिनुभयो । अख्तियारले शिवराजसँगै उनकी पत्नी जयादेवी उपाध्यायविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नायब सुब्बा उपाध्यायले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नीको नाममा जग्गा खरिद, घर निर्माण तथा बैंक खाताहरुमा वचत गरेको पाइएको अख्तियारको भनाइ छ ।