अर्घाखाँचीमा निर्वाचनमा खटिने कर्मचारीलाई तालिम « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


अर्घाखाँचीमा निर्वाचनमा खटिने कर्मचारीलाई तालिम


312
Shares

अर्घाखाँची । अर्घाखाँचीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई तालिम दिइएकाे छ ।

२ दिनसम्म संचालन भएको तालिममा निर्वाचनमा खटिने कर्मचारीहरूले गर्नुपर्ने काम कर्तव्य, अधिकार र जिम्मेवारीका सन्दर्भमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि तालिम दिएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रवि अर्यालले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको एक र प्रदेश सभाको २ वटा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा ९७ मतदान स्थलमा २ सय २ मतदान केन्द्र रहेका उहाँले बताउनुभयाे । मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ४ सय ४ जनालाई तालिम दिएको उहाँले बताउनुभएकाे छ ।