आज साँझ खग्रास चन्द्रग्रहण लाग्दै « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


आज साँझ खग्रास चन्द्रग्रहण लाग्दै

'५ बजेर ११ मिनेट जाँदा सुरू हुने ग्रहण ६ बजेर ३४ मिनेटमा सकिने'

10.439k
Shares

काठमाडौं । आज मंगलबार खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मंगलबार साँझ ५ बजेर ११ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रहण लागेर उदय हुने भएकाले मंगलबारको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले ग्रहणले पूरै चन्द्रमा ढाक्ने जनाएको छ । साँझ ६ बजेर ३४ मिनेट जाँदा ग्रहण पूरै सकिने छ ।

नेपालबाट कुल १ घन्टा २३ मिनेट ग्रहण देखिने बताइएको छ । सामान्यतः ग्रहण लाग्नु नौ घण्टा अघिदेखि नै सुतक लाग्ने भएकाले शास्त्रीय मान्यता पछ्याउनेहरुले आज बिहान ८ बजेर ११ मिनेटपछि भोजन गर्न नहुने जनाइएको छ । तर, बालबालिका, वृद्धवृद्धा, बिरामी र अप्ठेरो अवस्था हुनेहरुलाई भने त्यसको प्रदोष नलाग्ने पनि शास्त्रीय ब्याख्या रहेको छ । सुतक अवधिभर बार्नेहरुले ग्रहण सकिएपछि मात्र भोजन गर्नु उपयुक्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यही कात्तिक ८ गते औंसीका दिन खण्डग्रास सूर्यग्रहण लागेको थियो । यसरी यो वर्ष कात्तिक महिनाका दुवै पक्षमा ग्रहण परेको छ ।

यसैबीच, काठमाडौंको सामाखुशीस्थित तक्षशीला कलेजले मंगलबारको चन्द्रग्रहण हेर्ने ब्यवस्था गरिएको जनाएको छ ।