प्रचण्ड पत्नीकाे स्वास्थ्य अवस्था जटिल बन्दै « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Tue Nov 29 2022


प्रचण्ड पत्नीकाे स्वास्थ्य अवस्था जटिल बन्दै


51.194k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

पारिवारिक स्रोतका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।सितालाई गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो । उहाँ लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित हुनुहुन्छ ।

यसअघि १५ दिन अस्पताल बसाइपछि यहि कात्तिक १४ गते सितालाई डिस्चार्ज गरिएको थियो ।